एनआइसी एशिया बैंकको पीओएस टर्मिनल र एटीएमहरूमा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने
काठमाडौं– एनआइसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटीएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।
यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले यस बैंकको पीओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटीएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सकिनेछ ।
नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै एनआइसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण