लकडाउनका बेला घरमै सामाजिक सुरक्षाभत्ता
लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पु-याउन थालेका छन् ।
यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकामा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पु¥याउन थालिएको हो ।
जिल्लाको तिला गाउँपालिकाले लकडाउनको बेला घरमै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरमा पुगेर वितरण गर्न वडाध्यक्ष र सचिवलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
हिमा गाउँपालिकाले पनि सात वडाभित्रका स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयवासीको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गरेको छ भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
गुठीचौर गाउँपालिकाले दुई हजार १९६ जनालाई दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता वितरण गर्न रु एक करोड २६ लाख छ हजार ८०० रकम निकासा भएको जनाएको छ । ३–५ वडाभित्रका स्थानीयवासीलाई बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताए। भौगोलिकरूपमा १ र २ वडा टाढा भएकाले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको उनको भनाइ छ ।
लकडाउन अवधिमा १० हजार ७०८ गृहजिल्ला आएका नागरिकमध्ये ३५६ क्वारेन्टाइनमा बसेका छन् भने ७४७ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण