सुर्खेतमा सर्वाधिक वर्षा
भारतको उत्तराखण्ड नैनीताल आसपासबाट विकसित भएको पछिल्लो मौसमी प्रणालीले सुर्खेतमा सर्वाधिक वर्षा गराएको छ । पछिल्लो तीन घण्टामा सुर्खेतमा ४६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार वीरेन्द्रनगरको इत्राममा ४६, कालिदामारमा २०, गोठीकाँडामा २४, खानीखोलामा १३, कुनाथरीमा ११.२, रातानाङ्लामा पाँच र दैलेखमा ७.२ मिलीमिटर वर्षा मापन गरिएको छ ।
त्यस्तै बर्दियाको रम्बापुरमा २५, रानीजरुवामा १२, चेपाङ बबइमा २२.४, कैलालीको चिसापानीमा १९.४ र अछामको साँफेबगरमा दुई मिलीमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले आज बिहान २ बजे भारतको नैनीतालमा विकास भएको प्रणाली सुर्खेत आइपुग्न तीन घण्टा लागेको बताए ।
बिहान ५ बजेदेखि सुर्खेतमा हावाहुरीसहितको चट्याङ र असिना पार्ने बादल लाग्न शुरु भएको थियो । “तीन घण्टामा ४६ मिलीमिटर वर्षा भएको छ, यो प्रणाली तीव्रगतिमा पूर्वी नेपालतर्फ सरिरहेको छ”, कार्यालय प्रमुख पराजुलीले भने । हाल सुर्खेतलगायत आसपासको मौसममा सुधार आएको छ । दैलेखको उत्तरी उच्च भेगमा हिमपात भएको छ ।
सुर्खेतको रातानाङ्लामा गत वर्षदेखि मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) सञ्चालनमा आएपछि यहाँबाट पश्चिम नेपालको मौसमी विवरण सङ्कलन भइरहेको छ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण