तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु
कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ ।
कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला सङ्कट व्यस्थापन समिति सिन्धुपाल्चोकको निर्णय र स्थानीय निकायसँगको समन्वयमा रेडक्रसले यो कार्यक्रमको शुरुआत गरेको हो ।
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले सवारी साधनको निर्मलीकरणको शुरुआत गर्दै रेडक्रसका गतिविधिमा स्थानीय निकाय सधैँ समन्वय गर्न तयार भएको र मानवरक्षाका लागि रेडक्रसले सबै निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने बताए ।
नाकामा आवतजावत हुने सवारी साधनको निर्मलीकरणलगायत सङ्क्रमणको रोकथामका गतिविधि सञ्चालन गर्नेसम्बन्धी तातोपानीमा बिहीबार भएको बैठकमा नाका संवेदनशील हुने र स्थानीय निकायले सङ्क्रमण सुरक्षा नीतिलाई व्यवहारमा कार्यान्वय गर्न समन्वयकारी भूमिका निर्वाह गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।
कोरोना भाइरसको प्रकृतिअनुसार सवारी साधनमार्फत समुदायसम्म सङ्क्रमण फैलन नदिन सबै निकाय सजग हुनपर्ने हुँदा सवारी साधन तथा चालक र सहचालकले अपनाउनुपर्ने सुरक्षा नीति पूर्णपालना गर्न÷गराउन उक्त बैठकले सरोकारवाला निकायमा अनुरोध गरेको छ । सुरक्षा नीति पूर्णपालना गर्न गराउन भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्थानीय क्लब र समाजसेवी रहेको समन्वय समिति निर्माण गरिएको छ ।
मानवरक्षाका लागि समुदायमा सञ्चालन गरिने हरेक गतिविधिमा नेपाल सरकारसँगको समन्वयमा नेपाल रेडक्रसले सहयोगी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताए । सोसाइटीका मन्त्री कमलचरण कक्षपतिले सहजीकरण गरिएको छलफलमा पालिका प्रमुखलगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय क्लब तथा रेडक्रस स्वयंसेवीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण