संयुक्त राष्ट्रका महासचिवले भने, ‘जताततै फैलियो घृणाको सूनामी’
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरस महामारीले संसारभरी परिवर्तन भइरहेको सामाजिक स्थितीमाथि एक सन्देश दिएका छन् ।
उनले ‘यो महामारीले हरेक स्थानमा ‘घृणाको सुनामी’ फैलाएको बताएका छन् ।
– कुनै देशको नाम नलिइकनै उनले ‘उक्त घृणालाई समाप्त गर्नका लागि हरेक देशले हर सम्भव प्रयास गर्नुपर्ने’ उनले भने ।
– उनका अनुसार संसारभरीका प्रवासी र शरणार्थीहरु थप प्रभावित भएका छन् । उनीहरुलाई कोरोनाभाइरसको स्रोत मानिएको छ र विभिन्न स्थानमा उनीहरुलाई उपचारबाट पनि वञ्चित गरिएको छ ।
उनले भने, ‘पत्रकार, स्वास्थ्यकर्मी, राहत पुर्याउने र मानवाधिकार कार्यकर्तालाई उनीहरुको कामका लागि निशाना बनाइँदैछ ।’
– संयुक्त राष्ट्र प्रमुखले मिडिया, विशेषगरी अनलाइन मिडियालाई ‘जातीवादी, दुर्भावनापूर्ण र हानिकारक सामग्री’ लाई हटाउन आह्वान गरेको छन् ।
– साथै, उनले शिक्षण संस्थालाई यतिबेला डिजिटल साक्षारतामाथि ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण