महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला
सोमबार, २९ वैशाख २०७७, ११ : ३२
बर्दिवास – महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
आइतबार बिहान आफन्तको घर गएका गौशाला नगरपालिका–४ बिर्ताका ४५ वर्षीय दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
शव सोही दिन साँझ फेला परेको र ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।
हत्याराले टाउकोमा काठको चिरपट प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भईरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण