लकडाउन उल्लंघन गरेको भन्दै दुई होटल भत्काइयो
नाइजेरियाको सरकारले कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्न उद्देश्यसहित लागू गरेको लकडाउनको नियमलाई कथित रुपमा उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काएको छ ।
राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । गर्भनरले लकडाउन अवधिभरी होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनुपरेको जानकारी दिए ।
कोभिड–१९ द्वारा संक्रमित बिरामी राज्यका विभिन्न होटलमा बसिरहेको भेटिएको उनले बताए । यद्यपि, उनले भत्काइएका होटलमा पनि संक्रमित बसे नबसेको बारे भने जानकारी दिएनन् ।
‘हामीले घुस दिन मानेनौं’
दुबै होटलका म्यानेजरलाई पक्राउ गरिएको छ । यद्यपि, प्राडेस्ट होमका मालिकले भने आफ्नो होटल खुल्ला नरहेको दाबी गरे ।
‘होटल सञ्चालन गरिएकै थिएन र ७० प्रतिशत कर्मचारीलाई घर पठाइएको थियो,’ गोगोरोबारी प्रोमिस निदामले बीबीसीलाई भने ।
‘होटलमा जम्माजम्मी तीनजना व्यक्ति मात्रै थिए ।’
‘अधिकारी आए र घुसको माग गरे । उनीहरुले घुस दिए लकडाउनमा पनि होटल सञ्चालन गर्न दिने बताइरहेका थिए । तर हामीले होटल सञ्चालनमा नआएकोले घुस दिन आफूसँग पैसा नभएको बतायौं,’ उनले भने ।
रिभर्स राज्यका अधिकारीले यस्तो आरोप खण्डन गरे ।
यो राज्यमा १५ जना संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।
राज्यको राजधानी पोर्ट हाकोर्टमा गत बिहिबारदेखि लकडाउन घोषणा गरिएको थियो ।
पूरा नाइजेरियामा ४ हजार बढी कोरोनाभाइरस संक्रमित छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण