ग्लोबल आइएमई बैंकले दियो ट्राफिक प्रहरीलाई ट्राफिक पोल
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बोल्दै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताए ।
बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
उक्त अवसरमा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक जितेश दाहाल र बंैक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण