साली सिवानीलाई हिरोइन बनाउँदै निखिल
अभिनेता निखिल उप्रेतीको निर्देशन रहने चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’को मंगलबारबाट छायाँकन सुरु भएको छ । ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा निर्माण हुने प्रचार गरिएको चलचित्रमा सिवानी लुइँटेल मुख्य नायिकाको रुपमा देखिने भएकी छन् ।
सिवानी निर्देशक निखिलका साली अर्थात अभिनेत्री संचिताको बैनी हुन् । सिवानीको यो डेब्यु चलचित्र हो ।
सिवानी चलचित्रको नायिका फाइनल भएकी अभिनेत्री संचिताले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन् । उनले बैनीको तस्बिर सार्वजनिक गर्दै चलचित्र उद्योगमा तिमिलाई स्वागत छ भनेर लेखेकी छन् । चलचित्र अभिनयका लागि भारतीय कलाकार रन्जित सेब पनि काठमाडौ आएका छन् ।
चलचित्रमा केही भारतीय कलाकारको समेत अभिनय रहनेछ । केही अगाडि गरिएको चलचित्र निर्माण घोषणा कार्यक्रममा चलचित्रको बजेट साढे २ करोड बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण