बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एलजी ‘हजुरको पर्व, हाम्रो प्रविधि’ योजना

सोमबार, १९ भदौ २०७४, १३ : ३४
सोमबार, १९ भदौ २०७४

काठमाडौं – एलजी ब्राण्डले दशैं तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’भन्ने योजना ल्याएको छ । एलजीका हरेक सामाग्रीको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एलईडि टिभीका खरिदमा २ वर्ष सम्मको फुलवारेण्टी दिने कुरा कम्पनिले जनाएको छ । 

सबै ओलेड टिभीहरु र ६० इन्चभन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९ सय ९० रुपैयाँ पर्ने एसएचपाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा  १५ हजा ९० रुपैयाँ मूल्य पर्ने म्युजिक फ्लो, ४३ इन्च युएचडि टिभी र ४९ अनि ५५ इन्चका स्मार्ट टिभीमा ११ हजार ५ सय ९० रुपैयाँ मूल्य पर्ने एलएच ६४बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्च भन्दामाथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १ सय ९० रुपैयाँ मूल्य पर्ने पिएचवान ब्लुटुथ स्पिकर पक्काउपहार स्वरुप राखिएको जनाइएको छ ।

साइड बाई साइड, डोइनडोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १ सय ९० रुपैयाँ मूल्य पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३ सय ३० रुपैयाँ मूल्य पर्नेमिक्सर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको छ । त्यसैगरि फ्रन्ट लोड वासिङ्गमसिनमा ३ हजार ४ सय ४० रुपैयाँ मूल्य पर्ने सुपर कुकर र टप लोड अनि सेमि अटोमेटिक वासिङ्ग मेसिनमा १ हजार १ सय १० पैयाँ मूल्य पर्ने कडाई राखिएको कम्पनीले जनाएको छ ।

डिस्वासरमा १ हजार ५ सय  मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा २ हजार  मूल्य पर्नेकुकिङ्ग किट, र एसिको खरिदमा २ हजार ५ सय रुपैयाँ मूल्य बराबरको फ्रि इन्स्टलेशन जस्ता आकर्षक उपहार सित्तैंमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यो योजना भदौ १९ गते देखि सिमित अवधिको लागिमात्र लागु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप