रुसले उत्तर कोरियालाई पठायो २५ हजार टन गहुँ
शुक्रबार, ०२ जेठ २०७७, १३ : ११
रुसले मानवीय सहायताको रुपमा उत्तर कोरियालाई २५ हजार टन गहुँ पठाएको छ । प्योङ्याङस्थित रुसको दूतावासले एक फेसबुक पोस्टमार्फत् यसको जानकारी दिएको छ ।
उक्त फेसबुक पोस्टमा रुसी दूतावासले जहाजको चालक दललाई क्वारेन्टाइनमा राखिएको र बन्दरगाहको एक भिन्न क्षेत्रमा सबै समान उतारिसकिएको जानकारी दिइएको छ ।
संयुक्त राष्ट्रको अप्रिलमा प्रकाशित भएको एक रिपोर्टमा करिब एक करोड उत्तर कोरियाली जनता खानाको गम्भीर कमीको सामना गरिरहेको जानकारी दिइएको छ ।
उत्तर कोरियामा खाद्य आपूर्ति कोरोनाभाइरस प्रकोपका कारण भएको हो कि अन्य केही कारणले यस्तो भएको भन्ने स्पष्ट जानकारी भने प्राप्त छैन ।
यद्यपि, उत्तर कोरियाले आफ्नो देशमा कोरोनाका एकजना पनि संक्रमित नभएको दाबी गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण