नयाँ नक्सा अब सरकारी कामकाजमा
मङ्गलबार, ०६ जेठ २०७७, ०६ : २४
काठमाडौं – नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ ।
आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको हो ।
नेपाल–अंग्रेस युद्धपछि १८१६ मा भएको सुगौली सन्धीमा नेपालको सीमा कालीनदीको मुहान अर्थात लिम्पियाधुरा हुने उल्लेख भए पनि भारतले अधिपत्य जमाउँदै आएको थियो ।
सरकारले नयाँ नक्सा स्वीकृत गरेसँगै अब नेपालको निसान छाप, सरकारी कामकाज र विद्यालयलगायत सम्पूर्ण क्षेत्रमा भारतद्वारा अतिक्रमित भूमि र देशको संघिय स्वरुप समेटिएको अद्यावधिक नक्सा प्रयोग भएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
-
‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ मा नेपाल लाइफलाई गोल्ड अवार्ड
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण