‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ मा नेपाल लाइफलाई गोल्ड अवार्ड
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड– २०२५' अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा कम्पनीले यो ऐतिहासिक सफलता हासिल गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा असार १६ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरे ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका लागि कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । अवार्ड ग्रहण गर्दै सिइओ पराजुलीले यस सफलताले कम्पनीलाई वित्तीय पारदर्शिता र सुशासनमा थप जिम्मेवार बन्न प्रेरणा दिएको बताए ।
हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरिसकेको नेपाल लाइफको जीवन बीमा कोष २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । ७७ वटै जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा दिइरहेको यो कम्पनी नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण