चीनले अष्ट्रेलियालाई दियो अर्को एउटा झट्का
अष्ट्रेलियालाई मंगलबार बिहान आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनले अर्को एउटा झट्का दिएको छ ।
चीनको सरकारले अष्ट्रेलियामाथि अब जौको निर्यातमा ८० प्रतिशत सीमा–शुल्क बुझाउनुपर्ने शर्त राखेको छ ।
अष्ट्रेलियाली बजारको लागि यो साँच्चै नै एउटा नराम्रो खबर हो । यो एउटा पुरानो विवाद हो र यसको परिणाम अब आइरहेको छ । यसका लागि अष्ट्रेलियाले विश्व व्यापार संगठनसमक्ष अपिल गर्ने सम्भावना छ ।
अष्ट्रेलियाली पर्यवेक्षकलाई लाग्छ कि यो विषय दुई देशबीचको व्यापारिक मुद्दासम्म मात्रै सिमित नभई कोरोनाभाइरसको स्रोतको विषयमा दुई देशबीच भएको खिँचातानीपछि प्रतिशोधको रुपमा चीनले यस्तो निर्णय लिएको हो ।
अष्ट्रेलियाले कोरोनाभाइरसको स्रोत र यो भाइरस फैलनुमा चीनको भूमिकाको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग गरेको छ । अष्ट्रेलियाको यो मागले वर्ल्ड हेल्थ एसेम्बलीमा ६० बढी देशको समर्थन पाइरहेको छ । साथै, युरोपेली संघ पनि यसमा अष्ट्रेलियाको साथमा छ ।
यद्यपि, चीनले यो व्यापारिक निर्णयमा कोरोनाभाइरससँग सम्बन्धित अष्ट्रेलियाको मागसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।
गत हप्तामात्रै अष्ट्रलियाले यसलाई चीनको ‘आर्थिक जबर्जस्ती’ बताएको थियो । साथै, आफू कोरोनाभाइरसको स्रोतसँग सम्बन्धित आफ्नो मागमा अडिग भएको पनि जानकारी दियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण