बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजार नाघ्यो
एजेन्सी । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार व्यक्तिको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ ।
बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ ।
स्याहार केन्द्रमा भएका मृत्युलाई पनि कोभिड–१९ का कारण मृत्यु भएको आशङ्का गरिएको र उनीहरूको मृत्यु प्रमाणपत्रमा सोही कुरा उल्लेख गरिएको भन्दै सार्वजनिक तथ्याङ्कमा बेलायतमा मृत्यु हुनेको सङ्ख्या सोमबार विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको ३४ हजार ७९६ भन्दा निकै माथि रहेको बताइएको छ ।
यसरी हेर्दा अहिलेसम्म बेलायत यूरोपमा सबैभन्दा बढी प्रभावित मुलुक भएको छ । इङ्ल्याण्ड र वेल्सस्थित स्याहार केन्द्रमा मृत्यु भएकाको सङ्ख्या छ हजार ३५ हुनुपर्नेमा तीन हजार ९३० भएको उल्लेख गरिएको थियो । यो सङ्ख्या समावेश गर्दा ती राज्यका स्याहार केन्द्रमा नौ हजार ९७५ व्यक्तिको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण