इटलीमा मृतकको आधिकारिक आँकडा ३२ हजार तर ५१ हजारको मृत्यु भएको दाबी
सुरुमा कोरोनाभाइरसले सबैभन्दा प्रभावित चीनलाई पारेको थियो र दोस्रो स्थानमा थियो इटली । पछि इटलीले चीनलाई पछि पारिदियो र संक्रमणका साथै मृत्युको मामलामा यो देश शीर्ष स्थानमा रह्यो । त्यसपछि अमेरिकाले इटलीलाई पछि पार्यो ।
अमेरिकामा हालसम्म ९६ हजारको मृत्यु भइसकेको छ र इटलीमा ३२ हजार ।
बिहिबार इटलीको नेशनल सोशल सिक्योरिटी एजेन्सीले इटलीमा मार्च र अप्रिलमा कोभिड–१९ का कारण जति मृत्यु भएको बताइएको छ, त्यसमा १९ हजार बढी हुनसक्ने दाबी गरेको छ । आइएनपीएस इटलीको सबैभन्दा ठूलो सामाजिक सुरक्षा र कल्याणकारी एजेन्सी हो । उसले सरकारी आँकडामा विश्वास गर्न नसकिने बताएको छ ।
उक्त अनुसन्धानमा मार्च–अप्रिलमा इटलीमा कूल १ लाख ५६ हजार ४ सय २९ को मृत्यु भएको बताइएको छ । यो संख्या इटलीमा सन् २०१६ देखि २०१९ बीच यो महनिामा भएको औसत मृत्युभन्दा ४६ हजार ९ सय ९ बढी हो । तर यीमध्ये २७ हजार ९ सय ३८ मृत्युलाई मात्रै सिभिल प्रोटेक्सन एजेन्सीले कोरोनाभाइरससँग जोड्यो ।
यसको अर्थ यो हो कि १८ हजार ९ सय ७१ मृत्यु सामान्य भन्दा धेरै रह्यो र यीमध्ये १८ हजार ४ सय १२ मृत्यु इटलीको उत्तरी इलाकामा दर्ता भएको छ जुन पूर्ण रुपमा कोरोनाभाइरसको चपेटमा थियो । आइएनपीएसका अनुसार बढी भएको मृत्युलाई कोरोना भाइरससँग जोड्न सकिन्नँ तर मानिसहरु कोभिड–१९ का बिरामीका कारण स्वास्थ्य सेवा लिन पाइरहेका थिएनन् किनभने अस्पतालमा उनीहरुका लागि स्थान नै थिएन ।
शुक्रबारसम्म इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको आधिकारिक संख्या ३२ हजार ४ सय ८६ छ र यीमध्ये २६ हजार ७ सय १५ को मृत्यु इटलीको उत्तरी इलाका लोम्बार्डीमा भएको छ । कोरोनाभाइरसले यो यूरोपको सबैभन्दा नराम्रोसँग प्रभावित इलाका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण