दुई महिला र एक पुरुष मृत अवस्थामा फेला
शुक्रबार, ०९ जेठ २०७७, १२ : २९
काठमाडौं – रौतहट, गढीमाई नगरपालिका–३ मुस्लीम टोल बस्ने २५ वर्षीया निसनार चुरीहार आफ्नै घरको कोठामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
ओखलढुङगा, सिद्धिचरण नगरपालिका–७ दोल्पु बस्ने ४५ वर्षीय पासाङ फुरी शेर्पा सोही ठाउँस्थित खर पाखामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, चन्द्रनगर गाउँपालिका–४ र ६ को सिमानामा पर्ने कटही खोलाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीया महिला बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण