भारतमा एकै दिनमा सवा लाखको कोरोना परीक्षण
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ । परिषद्का अनुसार शनिबार नै सवैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् । यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७२० पुगेको पनि जानकारी दिएको छ ।
भारतमा अहिले पनि कुल ६९ हजार ५९७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५१ हजार ७८४ जना निको भएर घर फर्किएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण