बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेताहरुका आ–आफ्नै दावी : २ नम्बर प्रदेशमा पहिलो हुने सबैको हुंकार

मङ्गलबार, २० भदौ २०७४, १४ : १८
मङ्गलबार, २० भदौ २०७४

काठमाडौं– विभिन्न दलका नेताहरुले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा आ–आफ्नै पार्टीले धेरै संख्या जितेर पहिलो बन्ने दावी गरेका छन् । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले कांग्रेसले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान बनाउने दाबी गरेका छन् । 

मंगलबार काठमाडौमा भएको साक्षात्कारमा मन्त्री यादवले भने,‘तराई÷मधेश कांग्रेसको गढ हो, कांग्रेसले नै मधेशको विकास गरेको छ, हजारौं नेता तथा कार्यकर्ताहरु कांग्रेसलाई पहिलो बनाउन आतुर छन्, हामीले पनि जनतामा अत्यन्तै भिजेका, लोकप्रिय र पूराना नेताहरुलाई उम्मेद्धवार बनाएका छौं ।’

उनले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिक पूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेस प्रति जनताको विश्वास रहेको स्पष्ट पारे । भने,‘१सय ३६ स्थानमध्ये हामी एकसय ६ वा ७ स्थानमा विजयी बन्छौ ।’ त्यस्तै उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९÷१० स्थानमा सहकार्य गर्ने पनि बताए । मन्त्री यादवले आगामी डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौ आउने दाबी पनि गरे । 

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले २ नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे । पाण्डेले भने, ‘यसअघिका दुई चरणका निर्वाचनमा पनि एमाले पहिलो भैसकेको छ, अबको निर्वाचनमा पनि पहिलो हुने आधार भनेको यही हो, २ नम्बर प्रदेशमा पनि हामी पहिलो हुन्छौं, दुनियाँको कुनै पनि अदृश्य शक्तिले अब हाम्रो पार्टीलाई पहिलो हुनबाट रोक्न सक्दैन् ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मुुलुकमाओवादीको एजेण्डामै चलिरहेकोले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । मोदीले भने,‘अहिले सबै साथीहरु माओवादी केन्द्रको एजण्डा अनुसार नै चुनावमा जानुभएको छ, त्यसैले जीतहाम्रो पहिल्यै नै भैसकेको छ ।’

मोदीले आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमापनिआफ्नो पार्टी नै एक नम्बर हुने दाबी गरे । उनले थपे,‘हेर्दै जानुहोला, आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमाहाम्रो पार्टीले श्रेष्ठता हाँसिल गर्छ, जनताहरुको अहिले हाम्रो पार्टीप्रति ठूलो जनलहर बढेको छ ।’

राजपा नेपालकामहासचिव केशवझालेप्रदेश नम्बर २ को निर्वाचनमाआफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरे । उनले भने,‘हाम्रो प्रारम्भिकतयारी र आँकलनभनेको नै ९० सिट जित्ने हो, त्यहीअनुसार व्यापकतयारी भैरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप