बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राप्रपा राष्ट्रबादीबाट तीन दिने सडक संघर्षका कार्यक्रम घोषणा

मङ्गलबार, २० भदौ २०७४, १४ : ३८
मङ्गलबार, २० भदौ २०७४

काठमाडौं । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । 

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन बुधबार, विहिबार र शुक्रबार काठमाडौंमा सडक संघर्ष गर्ने निर्णय गरिएको जानकारी दिए । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजी गर्न पनि सरकारलाई सडकबाटै दवाव दिने पनि स्पष्ट पारे । 

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकतर्फबाट सांसदहरु बनाउन नहुने दावी पनि गर्दै आएको छ ।

सडक संघर्षका कार्यक्रम अनुसार बुधबार काठमाडौंको विभिन्न ठाउँमा कोण सभा आयोजना गरिनेछ । विहिबार मोटरसाईकल ¥याली र शुक्रबार बबरमहल अगाडि जम्मा भई संसद भवन अगाडि जुुलुस र आमसभा आयोजना हुनेछ । 

अध्यक्ष लोहनीले राष्ट्रियता, प्रजातन्त्र र नेपाली मात्रको स्वाभिमानप्रति चिन्तित सबैले पार्टीको सडक संघर्षको कार्यक्रमहरुमा साथ दिने विश्वास पनि व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप