यस्तो छ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मधेश डायरी
काठमाडौं–तराई–मधेशमा आएको बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने उदेश्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा बादल’लाई लिएर भदौ १२ गते बिहान काठमाडौंबाट मधेश झरे । ८ दिन लामो मधेश अभियानका क्रममा बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत बितरण, पार्टी प्रवेश, आन्तरिक बैठक र प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न गरी भदौ १९ गते अध्यक्ष प्रचण्ड काठमाडौं फर्किएका छन् । ८ दिन लामो मधेश बसाईमा अध्यक्ष प्रचण्डले कके गरे त ?

१२ गते (सोमबार)
१२ गते बिहान अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहितको टोली बिराटनगरका लागि प्रस्थान गर्यो । बिहान ९.०० बजे बिराटनगर बिमास्थलमा ओर्लिएपछि पहिलो कार्यक्रम पत्रकार भेटघाटबाट सुरु भयो प्रचण्डको । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने कुरामा जोड दिए ।
त्यसपछि अध्यक्ष प्रचण्डले मोरङका स्थानीय नेता–कार्यकर्ताहरुसँग भेटघाट सुरु गरे । त्यसक्रममा बाढीपीडित र सुकुम्बासी समस्या लगायतका विषयमा कुराकानी भयो । त्यसलगत्तै अध्यक्षले मोरङका कार्यालय प्रमूखहरुलाई बोलाएर बाढीको क्षति र राहतको अवस्थाबारे जानकारी लिएका थिए । कार्यालय प्रमूखहरुसँगको भेटमा अध्यक्षले स्थानीय स्तरमा राहत र पूनर्बासको व्यवस्था प्रभावकारी बनाउन र कुनै समस्या आए जानकारी गराउन निर्देशन दिए ।
दिउँसो १२.०० बजे माओवादी केन्द्र प्रदेश नं.–१ को प्रशिक्षण कार्यक्रममा सहभागि भएर अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, गोपाल किराँती लगायतका नेताहरुले सामयिक राजनीति, माओवादी केन्द्रको भूमिका र आगामी कार्यभार सम्बन्धि करिव ७५० जना अगुवा कार्यकर्तालाई प्रशिक्षित गरे । प्रशिक्षणपछि अध्यक्षको टिम जनकपुरका लागि प्रस्थान गर्यो, कोशी ब्यारेज र त्यहाँको अवस्थाबारे स्थलगत अवलोकनपछि राति ११.०० बजे टोली जनकपुरको जिरो माइलमा आएर बिश्राम गर्यो ।
१३ गते (मंगलबार)
बिहान ५.०० बजे नै अध्यक्ष मर्निङ वाकमा निस्किए । मर्निङ वाकका क्रममा उनले स्थानीय जनताका समस्या, मधेशको राजनीतिक अवस्था, निर्वाचनबारे मधेशी जनताको धारणा लगायतका विषयमा चिया गफसमेत गर्न भ्याए । बिहान ७.०० बजेबाट २ नम्वर प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सचिवालय सदस्यहरुको बैठक सुरु भयो । बैठकमा मूलतः ३ विषयमा छलफल चल्यो, (१) मधेशको राजनीतिक परिस्थिति, (२) चुनावी रणनीति, (३) उम्मेदवारहरुको चयन । बैठकमा प्रचण्ड, प्रकाश, बादल, मातृका यादव, विश्वनाथ साह, रामचन्द्र झा, रामकुमार शर्मा, सत्यनारायण मण्डल, प्रभू साह, श्रवणकुमार यादव, उर्मिला अर्याल लगायतका नेताहरु सहभागि थिए ।
दिउँसो २.०० बजे जनकपुरमै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । सद्भावना पार्टीका संस्थापक अध्यक्ष अनिस अन्सारी र नयाँ शक्तिका केन्द्रीय नेताहरु लगायत १२७० जना नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरे । अध्यक्ष प्रचण्डले ११ वर्षपछि मधेशमा माओवादीको पक्षमा उभार आएको भन्दै मधेशी र पहाडी अतिवादको विपक्ष र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई अपील गरे । त्यसपछि फेरी सचिवालय बैठकले निरन्तरता पायो र साँझ जनकपुरमै बिश्राम ।
१४ गते (बुधबार)
अध्यक्षको मर्निङ वाक र चिया गफले बुधबार पनि निरन्तरता पायो । त्यसपछि बिहान ९.०० बजे सर्लाहीको हरिपूर्वामा पुगेर सद्भावना पार्टी केन्द्रीय सदस्य जीतनारायण यादवसहितका १२०० नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराइयो । बिहान ११.०० बजे सर्लाहीकै नवलपुरमा २०० जना कार्यकर्ता पार्टी प्रवेश गरे । दिउँसो १२.०० बजेबाट सर्लाहीको चक्रघट्टीमा लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय लगायतको नेतृत्वमा ६५०० प्रवेश गरे । माओवादी प्रवेश गर्दै सहअध्यक्ष रायले मधेशी दल बाटोमा राखिएका नाङ्ले पसल भएको, श्रीमति र ज्वाई माननीय बनाएको र मधेशका मुद्दा खरिदबिक्री गरेकाले आफू माओवादीमा आएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको र रायको प्रवेशले ठूलो राष्ट्रिय सन्देश गएको बताए । पार्टी प्रवेश कार्यक्रम र कार्यकर्ता भेटघाटपछि राति रौतहटको चन्द्रनिगाहापुर पुगेर बिश्राम गरियो ।
१५ गते (बिहीबार)
मर्निङ वाकपछि बिहान ८.३० बजे रौतहटको बडर्वामा बाढीले गरेको क्षतिको निरीक्षण, स्थानीयबासीलाई सम्बोधन गरेर गौरमा उद्योग–व्यवसायी र बाढी पीडितसँग संक्षिप्त अन्तरक्रिया भयो । अन्तरक्रियामा अध्यक्ष प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरी राहत र पूनर्बासलाई प्रभावकारी बनाउन आफूले पहल गर्ने जानकारी गराए । त्यसपछि बिहान ११.०० बजे गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरसहित २०० प्रवेश र पार्टी कार्यालय उद्घाटन गरेर अभियान टिम राजपुरका लागि प्रस्थान गर्यो । दिउँसो १२.३० बजे रौतहटको राजपुरमा १७०० जना माओवादीमा प्रवेश गरे । दिउँसो ३.०० बजे रौतहटको गरुडामा राजपाका केन्द्रीय सदस्य शेर नुरुल होदा, मायादेवी जैसवाल, मीना जैसवाल, एमाले नेता सुधिर यादव, देवकी नेपाल, नथुनी चौधरी लगायत १२०० जना नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरे ।
दिउँसो ४.०० बजे रौतहटको कनकपुरमा २० औं हजारको जनसभामा अध्यक्षले सम्बोधन गर्नुभयो । जनसभामा ५०० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । बेलुका रौतहटको गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, चामल, दाल लगायतका राहत सामग्री बितरण गरेपछि महोत्तरीको बर्दिबासमा आएर बिश्राम लियौं भने नारायणकाजी श्रेष्ठ र नेता बादल राजधानी फर्किए ।

१६ गते (शुक्रबार)
शुक्रबार बिहानैदेखि दिउँसो ४.०० बजेसम्म बर्दिबासमा सिरहाका नेता, कार्यकर्तासँग पार्टीको संगठनात्मक अवस्था, चुनावी रणनीति, उम्मेवार लगायतका विषयमा आन्तरिक छलफल भयो । बेलुका ५.०० बजेदेखि रौतहटको चपुरमा नेता, कार्यकर्तासँग छलफल भयो । शुक्रबारको दिन सम्पूर्ण रुपले आन्तरिक छलफलमै केन्द्रित भयो । साँझ टिमले रौतहटको चपुरमा बिश्राम लियो ।
१७ गते (शनिबार)
बिहान ८.०० बजे पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि पर्साको बीरगंज प्रस्थान गरियो । दिनभर सचिवालयको बैठक चल्यो । बेलुका ६.०० बजे सचिवालय बैठकका निर्णय पत्रकार सम्मेलनद्धारा सार्वजनिक गरियो । मधेशमा माओवादी केन्द्रको पक्षमा राम्रो लहर सिर्जना भएको निष्कर्ष निकाल्दै बैठकले बाढी प्रभावितका समस्या सम्बोधन गर्न, मधेशमा निर्वाचनको वातावरण बनाउन सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गर्यो शनिबार बीरगञ्जमै बास बसियो ।
१८ गते (आइतबार)
बिहान ७.०० बजे बीरगञ्ज महानगरको प्रसौनीमा ३०० जना स्थानीय कार्यकर्तालाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराए । त्यसपछि सिमराको टाँगिया बस्तीमा १७० कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएपछि बाराकै कोल्हबी नगरमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र नेता बादलले सम्बोधन गरे । कार्यक्रममा कांग्रेस नगर सभापतिसहित २७० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।
त्यसपछि दिउँसो नै सर्लाहीमा बिशाल पार्टी प्रवेशको कार्यक्रम भयो । राजपाका केन्द्रीय सदस्यहरु चेतनारायण महतो, राजकुमार साह, सीताराम महतो र दर्जनौं पूर्व गाबिस अध्यक्षसहित ५००० जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी प्रवेश गर्दै राजपाका नेताहरुले हिमाल, पहाड र तराई–मधेशलाई समान देख्ने पार्टी माओवादी भएकाले आफूहरु माओवादीमा आएको र मधेशी दलहरु सत्ता स्वार्थमा केन्द्रित भएको बताए । पार्टी प्रवेश कार्यक्रमपछि अध्यक्षको टिम बाराको सिमरामा आएर बिश्राम लियो ।
१९ गते (सोमबार)
सोमबार बिहानै अध्यक्ष प्रचण्ड लगायतका नेताहरु घरदैलो अभियानमा सहभागी भए । त्यसलगत्तै सिमराका ३ स्थानमा आयोजित सभालाई अध्यक्षले सम्बोधन गरे । कार्यक्रममा राजपाका केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । सभापछि स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गरेर अध्यक्ष प्रचण्ड दिउँसो १.०० बजे काठमाडौंका लागि प्रस्थान गरे । काठमाडौं फर्केलगत्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा पूर्वसभासद एवं राजपाका केन्द्रीय सदस्य शिबपुजन यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी प्रवेश गर्नेमध्ये अधिकांश नेता पूर्व गाबिस अध्यक्षहरु थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण