रुसमा एकै दिनमा ९ हजार सङ्क्रमित, ९२ को मृत्यु
सोमबार, १२ जेठ २०७७, २२ : २६
एजेन्सी । रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सङ्क्रमितहरुको सङ्ख्याको बृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमा भन्दा कम रहेको उनीहरुले बताएका छन् ।
तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले सङ्क्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण