बजेट स्वागतयोग्य छः नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल
काठमाडौं– अटोमोबाइल एसोसियशन अफ नेपाल नाडाले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८को बजेटको स्वागत गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आगामी बजेट स्वागतयोग्य भएको बताएका हुन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष दुलालले सरकारले सवारी साधनको कर यथावत राखेको र बजेट अटो व्यवसायलाई प्रोत्साहन गर्ने खालकै आएको बताए ।
अध्यक्ष दुलालले कोरोनाका कारण आपूर्ति प्रणालीनै प्रभावित भएको यस विषम परिस्थितले गर्दा पनि सरकारले करको दरमा धेरै ठूलो हेरफेर नगरेको र सरकारको यस कदमलाई स्वागत गर्नुपर्ने बताए । सरकारले बजेटमा अन्य खर्च कटौती गर्दै करका दरहरु घटाएको छ । सरकारले चुरोट, गुट्का र खैनीमा स्वास्थ्य जोखिम कर बढाएको छ भने अन्त शुल्क भने यथावत राखेको छ ।
सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८को बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्ने करको दायरा भने बढाएको छ । विद्युती सवारी साधनमा भन्सार र अन्त शुल्क दुबै बढेको अर्थमन्त्री खतिवडाद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।
सरकारले विद्युतीय गाडी खरिदलाई प्रोत्साहन गर्त विगतमा भन्सार लगायतका करमा छुट दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण