अफगानिस्तानको काबुलमा वम विस्फोट, एक पत्रकारसहित चालकको मृत्यु
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो ।
टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए । आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुर्शिद टेलिभिजनको गाडीलाई एक वर्षभित्र भएको यो दोस्रो आक्रमण हो । घटनामा दुई बटुवासमेतको मृत्यु भएको बताइएको छ । सन् २०१९ को अगस्त महिनामा पनि उक्त च्यानलका कर्मचारी बोक्ने गाडीमा यस्तै आक्रमण भएको थियो ।
समाचार तयार पार्दासम्म उक्त घटनाको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा तालिवान समूहसँग अमेरिकाले गरेको युद्धविराम सम्झौतासँगै आक्रमणका घटनाहरूमा कम आएपनि सरकार र विद्रोही पक्षबीच यदाकदा आक्रमणका घटना भने रोकिएका छैनन् । Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण