ललितपुरमा दुई प्रहरीमा कोरोनाको आशंका !
ललितपुर - महानगरीय प्रहरी परिसर ललितपुर मातहतको एक प्रभागमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको आशंका गरिएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।
परिसरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले यसको पुष्टि गर्दै कुन प्रभागमा रहेको प्रहरीमा देखिएको हो खुलाउन चाहेनन् । उनले भने, ‘पिसिआरको लागि स्बाव संकलन गरिएको छ । त्यसको रिपोर्ट नआएसम्म केही भन्न सकिदैन ।’
एसएसपी राईले आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएका दुई प्रहरीको पिसिआर रिपोर्ट आज आउने जानकारी दिए ।
यसअघि महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएसँगै सो वृत्त सिल गरी सबै प्रहरीको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । परीक्षणमा सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएसँगै वृत्तको काम कारवाही सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण