इतिहासमा आज – बेलायती महारानी एलिजावेथको राज्यारोहण
२ जुन, सन् १९५३ मा आजैका दिन वर्तमान बेलायती महारानी एलिजावेथ दोस्रोले राज्यरोहण गरेकी थिइन् । उनी बेलायत, क्यानेडा, अस्ट्रेलिया, न्युजिल्याण्डसहित १५ भन्दा बढी कमनवेल्थ देशकी महारानी हुन् ।
६ फेब्रुअरी, सन् १९५२ मा पिता जर्ज छैटौँको मृत्युपछि एलिजावेथलाई महारानी बनाउने घोषणा गरिएको थियो । राज्यरोहणका अवसरमा केन्टबरीका विशप ज्याफ्री फिसरले महारानीलाई राजशाहीका चार चिन्ह – राजदण्ड, दयाको छडी, एउटा विशेष धातुबाट बनाइएको औँठी र र राज चिन्ह हस्तान्तरण गरेका थिए र उनको शिरमा सेन्ट एडवर्डको मुकुट राखिएको थियो ।

२१ अप्रिल, १९२६ मा लण्डनमा जन्मिएकी एलिजावेथले घरमै पढेकी थिइन् । सन् १९३६ मा पिता जर्जले गद्दी सम्हाल्ने बित्तिकै एलिजावेथ उनको उत्तराधिकारी हुने तय भइसकेको थियो । सन् १९४७ मा ड्युक अफ एडिनबराका राजकुमार फिलिपसँग एलिजावेथले विवाह गरेकी थिइन् ।
महारानी एलिजावेथ अहिले ९४ वर्षकी छिन् । छोरा युवराज चाल्र्स, नाति नवयुवराज विलियम र पनाति नवयुवराज जर्ज एलिजावेथका उत्तराधिकारी हुन् । कोभिड–१९ महामारीपछि सार्वजनिक रुपमा नदेखिएकी महारानी आइतबार भने घोडा सवारी गर्दै गरेको अवस्थामा तस्विरमा कैद भएकी थिइन् ।

अन्य घटनाक्रम
सन् १९६६– अमेरिकाको पहिलो मानवरहित अन्तरिक्ष यान चन्द्रमाको जमिनमा सफलतापूर्वक अवतरण ।
सन् १९९६ – सोभियत संघको विघटनपछि सम्झौताअनुसार युक्रेनले आफ्नो अन्तिम परमाणु युद्धास्त्र पनि रुसलाई हस्तान्तरण ग-यो, यससँगै युक्रेन परमाणुरहित देश बन्यो ।
सन् २००३– म्यान्मारमा जनतान्त्रिक नेता आन साङ सूची पक्राउ परेपछि देशका सबै शिक्षण संस्था बन्द ।
सन् २०१४ – आन्द्र प्रदेशबाट टुक्रिएर तेलांगाना भारतको २९ औं राज्य बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण