कर्णालीमा कोरोना सङ्क्रमितको संख्या २६२ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ सङ्क्रमित पहिचान भएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २६२ पुगेको हो ।
महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठजना, वडा नं ३ का तीनजना, सल्यानको दार्मा गाउँपालिकाका नौजना, सुदूरपश्चिम प्रदेश अछामको मङ्गलसेन नगरपालिका–४ का एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो । अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण