युएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उड्यो, यात्रुको कोरोना जाँच भएन
कोरोना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एकसय ५७ जना नेपाली नेपाल उडेका छन्।
एअर अरबियाको जी नाइन १७५१ मार्फत इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीका ७९ जना र अन्य ११ जना नेपालीसहित एकसय ५७ जना स्थानिय समय १२:०३ मा युएईको शारहजाबाट उडेको हो।
सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिएर एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वारेन्टिनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड भएपनि फर्कने नेपालीको सामान्य तापक्रम बाहेक कोरोना परीक्षण जाँच भएको छैन ।
यात्रुहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्यो या आफै टिकट काटे भन्नेबारे कुनै जानकारी आएको छैन। साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ। युएईस्थित नेपाली दूतावासले प्राथमिकताको आधारमा नेपाल फर्काउने बताई रहदा २ ओटा कम्पनी मात्र कामदारहरु नेपाल फर्केका हुन्। यो विषयमा दूतावास आबुधावीमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
जहाजमा १५७ यात्रु र एक जनाको शव रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण