लकडाउनले वाक्क दिक्क बर्षा
काठमाडौं । कोरोनाको कहरका कारण अहिले पनि देशभर लकडाउन जारी छ । लकडाउनका कारण सेलिब्रेटीदेखि सर्वसाधारणसम्म सबै घरभित्र खुम्चिएर बस्न बाध्य भएका छन् । सँधै एक्सन कटका लागि सुटिङ लोकेसनमा ब्यस्त रहने कलाकारहरु यो लकडाउनमा पुस्तक पढेर र फिल्म हेरेर दिन काट्ने गर्दछन् । उनीहरुले सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेको तस्बिरबाट पनि सो अनुमान लगाउन सकिन्छ ।
सुरुमा केही साताको लागि गरिएको लकडाउन दिन प्रतिदिन लम्बिदै गएपछि घरभित्र सधै रहनुपर्दा अहिले सबै मानिस वाक्क दिक्क भएका छन् । अभिनेत्री वर्षा शिवाकोटी पनि लकडाउनका कारण आफु पनि वाक्कदिक्क भएको बताएकी छन् । लकडाउनका दिनहरु योगा, पुस्तक अध्ययन र फिल्म हेरेर बिताउने गरेकी बर्षाले सामाजिक सञ्जालमार्फत लकडाउनले आफु निरास भएको बताएकी हुन् ।
उनले निरास महसुस गराउने एक तस्बिर पोष्ट गर्दै क्याम्पसनमा लेखेकी छन् ‘वाक्क दिक्क प्याक्क भएको अवस्था ।’शिवाकोटी लकडाउन अगाडि फिल्म ‘परदेशी २’ को छायाँकनमा व्यस्त थिइन् । लकडाउनका कारण यो फिल्मको छायाँकन रोकिएपछि उनी घरमै सिमित हुन पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण