दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन
शुक्रबार, २३ जेठ २०७७, २२ : ३०
एजेन्सी । विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ । चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक कर्मचारीले प्रागका तीन राजनीतिज्ञमाथि विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको आरोपमा रूसी कुटनीतिज्ञलाई आफ्नो भूमि छोड्न निर्देशन दिएको हो ।
चेक प्रधानमन्त्री आन्द्रज बेबिसले घटनाबारे सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘दूतावासका एक कर्मचारीले जानीजानी चेक राजनीतिज्ञमाथि आक्रमण गर्ने योजनाको जानकारी बीआइएस (गुप्तचर सेवा) लाई पठाएका थिए ।’
‘हामीले अन्तर्राष्ट्रिय कानून बमोजिम उचित एवम् सही उपाय अवलम्वन गर्दै रूसी दूतावासका दूई कुटनीतिज्ञलाई चेक गणतन्त्रमा बस्न योग्य नदेखेकोले निश्कासन गर्ने निर्णय गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण