दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन
शुक्रबार, २३ जेठ २०७७, २२ : ३०

एजेन्सी । विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ । चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक कर्मचारीले प्रागका तीन राजनीतिज्ञमाथि विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको आरोपमा रूसी कुटनीतिज्ञलाई आफ्नो भूमि छोड्न निर्देशन दिएको हो ।
चेक प्रधानमन्त्री आन्द्रज बेबिसले घटनाबारे सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘दूतावासका एक कर्मचारीले जानीजानी चेक राजनीतिज्ञमाथि आक्रमण गर्ने योजनाको जानकारी बीआइएस (गुप्तचर सेवा) लाई पठाएका थिए ।’
‘हामीले अन्तर्राष्ट्रिय कानून बमोजिम उचित एवम् सही उपाय अवलम्वन गर्दै रूसी दूतावासका दूई कुटनीतिज्ञलाई चेक गणतन्त्रमा बस्न योग्य नदेखेकोले निश्कासन गर्ने निर्णय गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प