बिसन्चो छ गाउँ
सोमबार, २६ जेठ २०७७, ०२ : ०८
मेरो
सानो गाउँ
शान्त सुन्दर स्वच्छ
मेरो प्यारो गाउँ
आजभोलि बिसन्चो छ
यही ठाउँमा
सुन फलाऊने
रामे,चामेहरू
आज भोलि
नुनको जोगाड़मा
शहरतिर छन्
जान , छोरा-छोरी
नुनको त्वरन पाउने
आशामा छन्
गाउँको स्वच्छता,
शान्ति र सुन्दरता
रामे र चामेहरूसँगै
शहरतिरै लाग्यो क्या हो!
आजभोलि
मेरो प्यारो गाउँ बिसन्चो छ
गाउँको आङ्गमा
बिहानीको सुनौलो घाम
सधैंझैँ लागेको नै छैन
गाउँको न्यानो काखमा
बसन्तको त्यो रङ्ग-विरङ्ग
फूलहरू पनि फुल्न
सकिरहेको छैन
रामे र चामेसँगै
गाउँको लक्षिण पनि
आज भोलि हराएको छ
न त चैतको बतास चल्छ
न त बर्खाको झरी नै हुन्छ
फगत् बिसन्चो छ गाउँ ।
निमा तामाङ्ग
देवराली बस्ती डुप्टिन मिरिक, भारत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण