वडा सदस्यमाथि दमौलीमा खुकुरी प्रहार,अवस्था गम्भीर
बुधबार, २१ भदौ २०७४, १९ : ००
किरण श्रेष्ठ
दमौली । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ का वडा सदस्य विरेन गुरुङमाथि मंगलबार साँझ खुकुरी प्रहार भएको छ ।
वडा सदस्य गुरुङ माथि साँझ साढे ९ बजे दमौलीको एक होटलमा खुकुरी प्रहार भएको थियो । चार वटा मोटरसाइकलमा आएका युवाहरुले गुरुङमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गुरुङको टाउको र हातमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका सइ मनोज पाण्डेले बताए ।
घाइते गुरुङलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल लगिएको तर उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित न्यूरो अस्पताल काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण