ललितपुरको टौखेलमा पुरुषको शव फेला
बुधबार, २८ जेठ २०७७, १२ : ३५
ललितपुर । गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ ।
राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो । आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन् । हत्या भएको उक्त स्थान मकैबारी रगतले लतपतिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण