‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाए ।
सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल, डाकनेश्वरी नगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया र डाकनेश्वरी नगरपालिका–८ भुतहीका ३५ वर्षीय जसोलाल रामको पिसीआर नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिदा गरिएको हो ।
राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।
मण्डल भारतको हरियाणाबाट, मुखिया मुम्बइबाट र राम दिल्लीबाट फर्किएका हुन् । तीनै जना फरक–फरक ट्रकमा भएर आएका थिए ।
कोरोना पोजिटिभ भएको जानकारीले शुरुमा निकै अत्तालिए पनि घरपरिवारका सदस्यले र आइसोलेसनमा ल्याएपछि स्वास्थ्यकर्मी, नर्सले निकै हौसला दिएको रामले बताए ।
आइसोलेसनमा ल्याएको पहिलो दिन पानी र चियानास्ता नपाए पनि त्यसपछि कुनै असुविधा नभएको उनले बताए । आत्मबल बलियो बनाउने काम भएमा कोरोनालाई सजिलै पछार्न सकिने अनुभव सुनाउँदै उनले अरुलाई पनि आवश्यक्ताभन्दा बढी नडराउन बरु सतर्क रहन आग्रह गरे ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दास, गणपति गुप्तबहादुर कुँवर, डा रणजितकुमार झा, सिनियर स्टाफ नर्स कृष्णा यादव, सिनियर अहेव शिवनारायाण चौधरीलगायतले तीनै जनालाई टीका र खादा लगाइ फूलको गुच्छा दिएर बिदा गरे । डा. दासले कोरोनालाई आत्मबलले जित्नुपर्ने र सकारात्मक सोच राख्नुपर्ने बताए । यो समेत सप्तरीबाट सङ्क्रमण मुक्त हुने चार जना पुगेका छन् ।
बुधबार तीन युवकको बिदाइपछि छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा क्वारेन्टिनमा होल्डिङ गरी राखिएका चार जनालाई राजविराजस्थित आइसोलेसन सेन्टर ल्याइने भएको छ ।
सप्तरीमा हालसम्म ११२ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । आइसोलेसन सेन्टरमा १०३ मात्र श्यया रहेको छ । बुधबार सङ्क्रमण पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जनालाई हाल सोही क्वारेन्टिनमा राखिने र आइसोलेसन श्ययाको व्यवस्था भएपछि सारिने डा. झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’