२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
मङ्गलबार, ०५ साउन २०८३, ०० : १३
सारांश
- धान रोपाइँलाई रासायनिक मल आपूर्ति भइरहेको छ ।
- विराटनगर भन्सारमा २५० मेट्रिकटन डिएपी मल आइपुगेको छ ।
- थप ५०० मेट्रिकटन डिएपी मल र ३० हजार मेट्रिकटन युरिया मल आउँदैछ ।
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।
यस्तै, कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गीता चौधरीले जानकारी दिइन् । उनका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण