भारतमा बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चल्छन् सवारी साधन
एजेन्सी । भारतका केन्द्रीय गृहसचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गरेका छन् । शुक्रबार पत्र लेख्दै उनले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म बस, ट्रकलगायतलाई सञ्चालन गर्नका लागि अवरोध नगर्न आह्वान गरेका हुन् ।
सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्न दिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ । उनले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिएका छन् ।
‘अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अव केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो’ उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण