३५ वर्ष पुगिन् नम्रता
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । उनले आज आइतबार आफ्नो ३५औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् । नेपाली फिल्म क्षेत्रकी हट एण्ड ब्युटि अभिनेत्री श्रेष्ठलाई सहकर्मी, अग्रज, फ्यानलगायतले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।
‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी नम्रता पछिल्लो समय नायिका निर्माताको रुपमा समेत चिनिएकी छन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी नम्रता लभस्टोरी फिल्ममा भने राम्रोसँग जम्ने गरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ र ‘जाइरा’ हो । तर यी दुबै फिल्मले उनलाई ब्यावसायिक लाभ भने दिन सकेन ।
मोडलिङबाट करियर सुरु गरेपछि थिएटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेकी नम्रता बेलाबेलामा प्रेम प्रसंगका कारण पनि चर्चामा रहने गर्दछिन् । उनी पछिल्लो समय दावा स्टिभन शेर्पासँगको प्रेममा रहेको चर्चा फिल्म क्षेत्रमा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण