कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
तानसेन (पाल्पा), ६ असारः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो । शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए । नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो ।
उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण