बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
शनिबार, ०६ असार २०८३, २० : ३२
सारांश
- १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाँकेको कोहलपुरका शिवा थारूलाई पक्राउ गरेको छ।
- शुक्रबार साँझ पक्राउ परेका थारूमाथि बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो।
- इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ परेका थारूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
बाँके । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँ बस्ने ३० वर्षीय शिवा थारू रहेका छन्।
उनलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। शिवाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उजुरीकै आधारमा उनलाई गाउँबाटै पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका थारूमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण