स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ । अदालतले उहाँलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ ।
शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
अदालतले ‘गोमेजले देश छोड्न नपाउने प्रतिबन्ध पालना गराउन सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थलहरूलाई निर्देशन जारी गरिने’ बताएको छ ।
यो राजनीतिक रूपमा अत्यन्त संवेदनशील मुद्दाको सुनुवाइको मिति अझै तोकिएको छैन ।
न्यायाधीश पेइनाडोले अप्रिलमा गोमेजलाई भ्रष्टाचार, ठूला कारोबार, व्यापारिक सम्बन्धमा भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगको औपचारिक आरोप लगाउनुभएको थियो ।
उहाँले २०२४ को अप्रिलमा गोमेजले प्रधानमन्त्रीकी श्रीमतीको हैसियत प्रयोग गरेर निजी फाइदा लिएको वा नलिएको भन्ने विषयमा अनुसन्धान सुरु गर्नुभएको थियो । गोमेज र प्रधानमन्त्री सान्चेज दुवैले आरोप अस्वीकार गर्दै आएका छन् ।
मुद्दा म्याड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा गोमेजले सह–निर्देशन गरेको एक पदको स्थापना तथा व्यवस्थापन र सार्वजनिक स्रोत तथा व्यक्तिगत सम्बन्धलाई निजी हितमा प्रयोग गरेको आरोपमा केन्द्रित छ ।
गोमेजले आरोपको खण्डन गर्दै निरन्तर कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथिका आरोपहरूलाई दक्षिणपन्थी शक्तिहरूले सरकारलाई कमजोर पार्ने प्रयास भनेका छन् । विपक्षी दलहरूले भने यस मुद्दालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
यो मुद्दा दक्षिणपन्थी सम्बन्धित एक भ्रष्टाचारविरोधी समूहले दायर गरेको उजुरीबाट सुरु भएको हो ।
यो घटना समाजवादी नेताको परिवार र पूर्व सहयोगीहरूसँग जोडिएका विभिन्न भ्रष्टाचार प्रकरणमध्ये एक हो, जसले सान्चेजको अल्पमत गठबन्धन सरकारलाई ठूलो दबाब दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण