भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका कारण छुटिरहेथ्यो लिम्पियाधुरा
काठमाडौं – नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउँछन्।
त्यो नक्सा ४ विकास क्षेत्र र ७५ जिल्लासहितको थियो। विभागको प्राविधिक टोलीले लिम्पियाधुरासहित नक्सा बनाएको ओलीको दाबी छ। ‘हामीले लिम्पियाधुरासहितको नक्सा तयार गरेका थियौं’, उनी भन्छन.्, ‘तर, भारतसँगको सीमा फाइनल नभएको भन्दै कालापानीसम्म पु¥याएर रोकियो।’
उनका अनुसार लिपुलेक र कालापानीबीच क्षेत्र खाली नै राखिएको थियो। सीमा नमिलेको भन्दै विरोध भएपछि चोसो मेटाइएको उनी बताउँछन्। त्यो नक्सा बनाउने स्थलरुप नापी महाशाखामैै उनी कार्यरत थिए। ओलीसहितका प्राविधिकको टोलीले नै त्यो नक्सा बनाएको थियो।
उनका अनुसार त्यो नक्सा पहिलो पटक हिमाल क्षेत्रको निरीक्षण ‘इन्फेक्सन’ गरी चीनतिरको सिमाना २०३६ सालमा मिलाएको हो। २०३७ सालमा पाँच विकास क्षेत्र भएकोमा त्यहीअनुसार नक्सा बन्यो। प्रत्येक जनगणनाताका पनि नयाँ नक्सा निकालिने गरेको उनी बताउँछन्।
२०३२ सालअघि भारतमै नक्सा बनाइन्थ्यो। त्यो पनि गोप्य हुन्थ्यो। जनतालाई नक्साका विषयमा थाहा नै हुँदैनथ्यो। एटलसमा पनि २०२३–२४ सालमा अमेरिकाले राखिदिएको थियो। ओली भन्छन्, त्यो बेलासम्म नक्सा गोप्य नै हुन्थ्यो। २०३२ पछि मात्रै हो यो बाहिर आएको।’ त्यो बेला विभागका महानिर्देशक अर्जुनबहादुर बस्नेत थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
-
‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ मा नेपाल लाइफलाई गोल्ड अवार्ड
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण