ज्येष्ठ नागरिकलाई कोरोनाबाट बचाउन सरकारले विशेष ध्यान दिएको छः मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकको सुरक्षामा सरकारले विशेष ध्यान दिने बताएका छन् । मन्त्री गुरुङले जेष्ठ नागरिकहरु सबैका अविभावक भएकाले कोभिड–१९ को महामारीबाट बचाउन सरकारले उनीहरुको विशेष ध्यान दिएको बताएका हुन् । १५औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री गुरुङले बजेटमार्फत ज्येष्ठ नागरिक गृह स्थापना गर्ने कार्यक्रम ल्याइएको समेत स्पष्ट पारे ।
शुभकामना सन्देशमा भनिएको छ- ‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमम र बजेटमार्फत अशक्त, असहाय र बेसहरा जेष्ठ नागरिकको प्राथमिकताका साथ संरक्षण गर्ने, स्वास्थ्य उपचारको सुविधासहित उहाँहरुको ज्ञान, सीप, अनुभव मुलुको समृद्धिमा परिचालन गर्ने गरी जेष्ठ नागरिक गृहहरु स्थापना गर्ने घोषणा गरिसकिएको छ । यसैगरी अन्तरपुस्ता ज्ञान, सीप र अनुभव पुस्तामा हस्तान्तरण गर्न स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्ञान केन्द्र, ध्यान केन्द्रलाई व्यवस्थित र विस्तार गरिने कार्यक्रम पनि तय गरिएको छ ।’
उनले ज्येष्ठ नागरिकप्रति गरिने हिंसा, अवहेलना र दुर्व्यवहारविरुद्ध सबैलाई आवाज उठाउन अपिल गर्र्दै उनीहरुको स्वास्थ्य र सुरक्षामा सचेत रहन समेत आग्रह गरेका छन् । मन्त्री गुरुङले संविधानको मर्म र भावना अनुरूप ज्येष्ठ नागरिक सम्बन्धी ऐन समयसापेक्ष बनाइने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको मर्मअनुरूप बजेट कार्यक्रम लक्षित गर्छौ : मन्त्री थपलिया
-
भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण
-
फेवातालको जग्गा संरक्षण : सर्वोच्चको फैसलाविरुद्ध रिट हेर्दै सर्वोच्च अदालत
-
इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा
-
गर्मीले जनजीवन कष्टकर
-
बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग