रुकुम पश्चिम सोती घटनाः ९ प्रतिवादीको सकियो बयान
रुकुम पश्चिम । चौरजहारी–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए ।
अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान बुधबार पनि हुने छ । घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ ।
आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको थियो ।
यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर, राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण