शुक्रबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित छ।
यसैगरी, हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ ।
शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति देशभर पूर्णतया बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा, १ लाखले अवलोकन गर्ने अपेक्षा
-
उद्योगमन्त्री भण्डारीले भेटे चिनियाँ व्यवसायी, नेपालमा लगानी बढाउन आग्रह
-
सहकारी र लघुवित्तलाई नीतिगत व्यवस्थाद्वारा कर्याप्प पारौँ : स्वर्णिम वाग्ले
-
पुणे सर्ट फिल्म फेस्टिभलमा नेपालको ‘बत्तीको पुतली’ छनौट
-
अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरूसँग छलफल
-
जसपाका मन्त्रीको शपथ साँझ ६ बजे