बेन्जेमाले पुस्कासलाई उछिन्दा रियलको सहज जित
करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् । बिहीबार भ्यालेन्सियाविरुद्ध बेन्जेमाले २ गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् ।
३२ वर्षीय बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा २ सय ४३ गोल गरेका छन् । योसँगै उनले फ्रेरेन्क पुस्कासलाई उछिनेका छन् । यस सूचीमा क्रिस्टियानो रोनाल्डो ४ सय ५० गोल सहित शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा राउल (३२३), तेस्रोमा अल्फ्रेडो डी स्टेफानो (३०८) र चौँथो स्थानमा सान्टिलाना (२९०) रहेका छन् ।
गोलरहित पहिलो हाफपछि खेलको ६१ औँ मिनेटमा एडिन हजार्डको पासमा बेन्जेमाले रियलका लागि खाता खोलेका थिए । घाइते भएर लामो समयपछि खेलमा फर्किएका मार्को असेन्सियोले आफ्नो पहिलो टचमा नै रियलका लागि दोस्रो गोल गरे ।
खेलको अन्त्यतिर बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियलको ३–० को जीत सुनिश्चित गरे । जीतसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ ।
२९ खेलबाट रियलको ६२ अंक रहेको छ भने शीर्ष स्थानमा रहेको बार्साको ६४ अंक रहेको छ ।
बिहीबार नै भएको अन्य खेलमा आलाभेसले रियल सोसिडाडलाई २–० ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण