बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी
काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडद्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले बीमा दाबी हुन आएको सात लाख रकम हस्तान्तरण गरेको छ ।
यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल इकरात इन्जिनियरिङ कम्पनीले कर्मचारीहरुको तलब खाता बैंकको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आइरहेको छ ।
साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो । उक्त इन्जिनियरिङ कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।
निधनपश्चात् स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी सात लाख रकम हस्तान्तरण गरे ।