शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि...!

मङ्गलबार, ०९ असार २०७७, ०० : १८
मङ्गलबार, ०९ असार २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बोर्डले छानविनका लागि कार्वाही प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ । 

के भएको थियो भर्चुअल बैठकमा ?
कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न बोर्डले भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए । जुममा आयोजित भर्चुअल कार्यक्रम सुरु भएको केहीबेरमै पोर्न भिडियो बज्न थाल्यो । एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो ।

मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ अश्लिल भिडियो बज्न थालेपछि एकाएका वातावरण अर्कै भएको थियो । मन्त्री बोल्न थालेपछि भएको उक्त घटनाप्रति बोर्डले दुःख व्यक्त गरेको छ र यो परिस्थितिमा साथ दिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । नेपालमा भएका जुममा आधारित भर्चुअल बैठकहरुमा यसअघि पनि यो खालका घटना हुने गरेका खबर बाहिर आइरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप