बेलायतबाट जजिरा एअरवेजको चार्टर विमान नेपाल उड्दै
लण्डन । कोरोना संक्रमणका कारण बेलायतमा रोकिएका नेपालीहरुलाई आज जजिरा एअरवेजको विमानबाट नेपाल पठाइने भएको छ ।
बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि दुईवटा उडानको तय भए अनुरुप आज पहिलो फ्लाइट नेपाल जान लागेको हो ।
यसैगरी दोस्रो फ्लाइट जुन २६ तारिख शुक्रबारको लागि तय भएको छ । नेपाली राजदूतावास लन्डन र गैर आवासीय नेपाली संघ यूकेको पहलमा करिब पाँच सय नेपालीहरुको सूची तयार पारिएको नेपाली राजदूतावास लण्डनले जानकारी दिएको छ ।
१ सय ५८ यात्रु क्षमता भएको ए ३२० जजिरा एअरलाइन्सका दुईवटा जहाजबाट प्रथामिकताका आधारमा ३ सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किनेछन् । भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायतले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका छन् ।
बेलायतको ग्याट्वीक एअरपोर्टबाट बुधबार दिउँसो २ बजेर ५० मिनेटमा उड्ने जजिरा एअरवेजको ‘ए ३२० एअरबस’ बिहीबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं अवतरण हुने बताइएको छ । नेपाल सरकारले गरेको निर्णय बमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरणगर्ने सम्बन्धी आदेश, २०७७’ जारी भए अनुसार बेलायतमा रोकिएर रहेका नेपालीहरुको पहिलो फ्लाइट नेपाल पठाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण