काठमाडौं महानगरले ल्यायाे १६ अर्ब ४२ कराेडकाे बजेट
काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् ।
काठमाडौं महानगरले ल्याएकाे उक्त बजेटमा ५ अर्ब ७७ कराेड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ कराेड सशर्त याेजना तथा कार्यक्रममा, १ अर्ब ७४ कराेड प्रशासनिक खर्चमा, सामाजिक विकासमा १ अर्ब ५० कराेड, सम्पदा संरक्षणमा १ अर्ब ३४ कराेड खर्च हुने अनुमान गरिएकाे छ ।
उक्त खर्चकाे लागि आन्तरिक स्राेतबाट ४१.१९ ले हुने ६ अर्ब ७६ कराेड, माथिल्ला सरकारकाे निशर्त ८.६७ अनुदान १ अर्ब ४२ कराेड, सशर्त अनुदानतर्फ १५.६८ प्रतिशतले हुने २ अर्ब ५७ कराेड, बैंक माैज्दाततर्फ २१.३१ प्रतिशतले हुने ३ अर्ब ५० कराेड र बाँकी सामाजिक सुरक्षा भत्ता, मनाेहरा र चमती जग्गा एकीकरण आयाेजनाबाट जुटाइने अनुमान गरिएकाे छ ।
अधिवेशनमा महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरले ४ गते नीति तथा कार्यक्रम ल्याएकाे र साेही अनुसार अाज बजेट प्रस्तुत गरेकाे भन्दै सदस्यहरुलाई अध्ययन गर्न दिएर छलफलका लागि १ सातापछि अर्काे बैठक बस्ने बताए ।
अघिल्लो वर्ष महानगरकाे बजेट १५ अर्ब ५० कराेडकाे थियाे । याे आधारमा महानगरकाे बजेट बढेकाे देखिए बैंकमा रहेकाे माैज्दातका कारण याे अाकार ठूलाे देखिएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण