शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनलाई अझै शक्तिशाली बनाउन रुसमा मतदान हुँदै

संवैधानिक ‘कू’ गर्न लागेको विपक्षीहरुको आरोप
बिहीबार, ११ असार २०७७, १३ : ४३
बिहीबार, ११ असार २०७७

संविधानमा सुधार गर्नका लागि रुसमा मतदान सुरु भएको छ । सात दिन लामो मतदान प्रक्रियाबाट सकारात्मक नतिजा आए पुनः निर्वाचित भएको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्म सत्तामा रहन मार्ग प्रशस्त गर्नेछ । विपक्षीहरुले यसलाई संवैधानिक ‘कू’ भनेका छन् ।

विपक्षीहरुले कोरोनाभाइरसको महामारीको बीचमा हुन लागेको मतदानमा सुरक्षाको विषयलाई लिएर प्रश्न उठाइरहेका छन् । उनीहरुले मतदानमा चलखेल हुनसक्ने आशंका पनि व्यक्त गर्दै ६७ वर्षीय पुटिन धेरै लामो समय सत्तामा रहिसकेको भन्दै आलोचना गरेका छन् ।

रुसमा बुधबारसम्म कोरोनभाइरस संक्रमितको संख्या ६ लाख नाघिसकेको छ । दैनिक हजारौँ नयाँ संक्रमित फेला परिरहेको छ । विश्वमा रुस तेस्रो धेरै संक्रमित भएको देश हो । अधिकारीहरुले मतदानका दौरान आवश्यक सुरक्षाका उपायहरु अपनाइने जनाएको छ ।


संविधानमा संशोधनका लागि मत प्राप्त गरे पुटिनले लगातार थप ६ वर्षे दुई कार्यकालका लागि निर्वाचनमा लड्न पाउनेछन् । उनको कार्यकाल सन् २०२४ मा सकिदैछ ।

उनी सन् १९९९ देखि प्रधानमन्त्री वा राष्ट्रपतिको रुपमा सत्तामा रहेका छन् । उनले फेरि पनि निर्वाचन लड्ने सम्भावनालाई नकारेका छैनन् तर यसबारे उनले अन्तिम निर्णय लिइनसकेको बताउँदै आएका छन् ।

आलोचकहरुले भने पुटिन सोभियत नेता लियोनिड ब्रेज्हनेभजस्तै मर्दासम्म सत्तामा रहन चाहेको आरोप लगाउँछन् । अन्यले भने सन् २०२४ पछि शक्तिहिन नबन्नका लागि उनले आफ्नो विकल्पहरु खुला राख्न चाहेका छन् । सन् २०२४ पछि उनले आफूले चुनेको उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना रहेको उनीहरु बताउँछन् । उत्तराधिकारी नभेटेको खण्डमा मात्र उनी आफै सत्तामा रहने बाटो खुला गर्न चाहेको विश्लेषकहरुको भनाइ छ ।

राज्यको मिडियाको समर्थन र विभाजित प्रतिपक्षका कारण यो मतदान पुटिनकै पक्षमा आउने पूर्वानुमान गरिएको छ ।

स्रोत : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप